अमेरिकालाई पछि पार्दै चीन युरोपेली संघ (ईयू)सँग सबैभन्दा धेरै व्यापार गर्ने देश

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०५, अमेरिकालाई उछिन्दै चीन युरोपेली संघ (ईयू)सँग सबैभन्दा धेरै व्यापार गर्ने मुलुक बनेको छ । सन् २०२० मा चीन र ईयूबीच सात खर्ब नौ अर्ब डलरको व्यापार भएको थियो भने सो अवधिमा अमेरिकासँगको ईयूको व्यापार ६ खर्ब ७१ अर्ब डलरको मात्र थियो ।

ईयूको चीनसँगको व्यापारघाटा पनि एक खर्ब ९९ अर्ब डलरबाट बढेर दुई खर्ब १९ अर्ब डलर पुगेको छ । ईयूका अनुसार गत वर्ष अमेरिकाबाट हुने आयातमा १३.२ प्रतिशत गिरावट आएको थियो भने अमेरिकातर्फ हुने निर्यात ८.२ प्रतिशत घटेको थियो । गत वर्ष चीनको मेडिकल उपकरण र इलेक्ट्रिोनिक्स सामग्रीहरुको निर्यात पनि उल्लेख्य बढेको थियो । युरोपको तथ्यांक विभागका अनुसार चीनबाट हुने आयात गत वर्ष ५.६ प्रतिशत र चीनतर्फ हुने निर्यात २.२ प्रतिशत बढेको थियो ।

प्रकाशित : 17 February, 2021

प्रतिक्रिया दिनुहोस्