लामो समयपछि अभिषेक बच्चनसँग बाहिर निस्किइन् ऐश्वर्या राय, छोरीका कारण पुनः ट्रोल

सहयात्रा टिभी

काठमाडौं । फल्गुन ०५, ऐश्वर्या राय आफ्नी छोरीप्रति निकै रक्षात्मक छिन् । यसका लागि उनलाई थुप्रै पटक ट्रोल पनि गरिएको छ । हालै उनी एयरपोर्टमा आफ्नी छोरी र अभिषेक बच्चनसँग देखा परेकी थिईन्। ऐश्वर्याले आराध्याको हात समातेकी थिइन् । उनको तस्बिर सोसल मिडियामा आए बित्तिकै उनलाई थुप्रै पटक ट्रोल गरिएको छ । यस्तै कतिले भने उनको तारिफ समेत गरेका छन् ।

कति समर्थन त कतिले गरे ट्रोल: 
एक प्रयोगकर्ताले लेखे, ‘ओभर प्रोटेक्टिभ, पापालाई पनि हात समात्न देऊ, तिम्रो मात्रै होइन । ’

यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘राम्रो हो नि आफैंले छोरीलाई हुर्काइरहेकी छिन्, कुनै न्यानीलाई जिम्मा त दिएकी छैनन् नि ।’

यस्तै, एक प्रयोगकर्ताको कमेन्ट छ, ‘ऐश्वर्याकी आमा त आजसम्म सार्वजनिक रुपमा उनको हात समात्छिन् ।’

 

प्रकाशित : 17 February, 2021

प्रतिक्रिया दिनुहोस्