कालो अंगुरका ५ फाइदा
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन ०६, फलफूल खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ भने झन् कालो अंगुर खाँदा स्वास्थ्यलाई विभिन्न फाइदा पुर्याउँने चिकित्सकहरु बताउँछन् । कालो अंगुर खाँने गर्दा स्वास्थ्यलाई फाइदा पुग्ने केही कुराहरु:
तौल घटाउन–कालो अंगुर खाँदा तौल कम गर्न पनि मद्दत पुग्छ ।
कोलेस्ट्रोल नियन्त्रण गर्छ–कालो अंगुरमा पाइने साइटोकेमिकल्सले मुटुलाई फाइदा पुर्याउँछ । यसले कोलेस्ट्रोल पनि नियन्त्रण गर्छ ।
कपाल–कपालसँग जोडिएका समस्याहरुबाट हैरान हुनुहुन्छ भने कालो अंगुर खाने गर्नुपर्छ । यसमा भिटामिन ईको मात्रा भरपुर हुने भएकाले यसले कपाललाई निकै फाइला पुर्याउँछ ।
स्मरणशक्ति बढाउँछ –कालो अंगुरको नियमित सेवनले स्मरण शक्ति बढ्छ । कालो अंगुरले दिमागको कार्यक्षमता बढाउँछ ।
इन्सुलिन बढाउँछ –कालो अंगुरमा रेसवार्टल नामक पदार्थ पाइन्छ जसले इन्सुलिन बढाउने काम गर्छ ।