धमाधम धितो लिलामीको सूचना निकाल्दै बैंकहरु

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०६, समयमा ब्याज तथा किस्ताको भुक्तानी नगरेको भन्दै ऋणीको धितो लिलामीका लागि बैंकहरुले धमाधम प्रक्रिया अघि बढाएका छन् । हाल सबैजसो बैंकहरुले ऋणीको कर्जा लिलामीका लागि प्रक्रिया अघि बढाउने भन्दै दिनदिनै सार्वजनिक सूचना प्रकाशन गरिरहेको बताईएको छ ।

कर्जा नतिर्ने ऋणीमा व्यक्तिगत प्रयोजनका लागि लिएका ऋणमात्रै होइन, व्यवसायिक प्रयोजनका ऋणदेखि राष्ट्र बैंकले तोकेको कोभिड–प्रभावित क्षेत्र उद्योग व्यवसाय समेतले लिएका ऋण समेत पाईएको छ । सो ऋण समयमै नउठेपछि बैंकहरुले ३५ दिने सूचना जारी गर्दै ऋण चुक्ता गर्न आउन भनेका छन् । सो अवधिभित्र पनि ऋण नतिरे धितो लिलाम प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन् । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले कोभिड प्रभावित भई ऋणको दायित्व भुक्तान गर्न असमर्थ भएका ऋणीको हकमा असार मसान्तसम्म धितो लिलामी प्रक्रिया अघि बढाउन नपाउने व्यवस्था छ भने राष्ट्र बैंकले सो ऋणीले हालसम्म तिर्न बाँकी ब्याजको ५ प्रतिशत तिरेर कर्जाको पुनर्तालिकीकरण गर्न चाहे त्यो समेत गरिदिने बताएको छ ।

प्रकाशित : 18 February, 2021

प्रतिक्रिया दिनुहोस्