धुर्मुस सुन्तली फाउण्डेशनलाई ललितपुर महानगरद्धारा २० लाख सहयोग
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन ०७, ललितपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनद्धारा चितवनमा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालालाई २० लाख रुपैयाँ सहयोग गरेको छ ।सहयोग सम्झौता पत्रमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलबीच हस्ताक्षर भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले सहयोगलाई सानो र ठूलो भनेर मूल्यांकन गर्न नहुने धारणा राख्नुभयो ।