अभिनेता राहुल ब्रेन स्ट्रोकपछि संगीतका माध्यमबाट स्पीच थेरापी गर्दै
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन ०७, ‘आशिकी’ फेम्ड अभिनेता राहुल रोय ब्रेन स्ट्रेकपछि पूर्ण स्वास्थ्य लाभको तयारी गरिरहेका छन् । अस्पतालबाट डिस्चार्ज भइसकेका यी अभिनेता यो समयमा आफ्नो घरमा नै स्वास्थ्य लाभ गरिरहेको पाईएको छ । उनले आफ्नो इन्स्टाग्राममा संगीतका माध्यमबाट स्पीच थेरापी गरिरहेको भिडियो पोस्ट गरेका छन् । उनलाई यो काममा उनकी बहिनीले सहयोग गरेकी छन् ।
‘ब्रेन स्ट्रोकपछि जीवनलाई सामान्य अवस्थामा ल्याउनु सजिलो काम होइन् । किनकी यो रोगबाट मुक्त हुन अझै केही समय लाग्नेछ । मलाई आशा छ कि मेरो यो रिकोभरी भिडियो तपाईंलाई मनपर्नेछ’, उनले लेखेका छन् ।