थाहा पाउनुहोस् गाडी ब्रान्डका नामको अर्थ
काठमाडौं । फाल्गुन ०९, नेपालमा धेरै ब्रान्डका गाडीहरुको आधिकारिक वितरक रहेका छन्।
सामान्यतया हामी त्यस्ता ब्रान्डका नामको अर्थ खोज्दैनौं। भारतीय संचार माध्यम आज तकको सहयोगमा हामी ती गाडीको नामको अर्थबारे जानकारी दिदैछौँ ।
बिएमडब्लु–यो नाम बाभरिएन मोटर वर्कसो सर्ट फर्म हो।
मारुती सुजुकी–सन् १८८२ भन्दा पहिले यो कम्पनीको नाम मारुती उद्योग कम्पनी रहेको थियो भने मारुतीको अर्थ हावा हो।
फक्सवागन–जर्मन भाषामा फक्सको अर्थ जनता र वागनको अर्थ साधन हो।
हुन्डाई–यो नाम कोरियाली शब्द हान्जाबाट प्रेरित छ। हान्जाको अर्थ आधुनिक समय हो।
रेनो–फ्रान्सको कार निमार्ता कम्पनी रेनो नेपालमा पनि चर्चित छ। यसको नाम कम्पनीका फाउन्डर लुइस रेनो केएस थरबाट राखिएको हो।
होन्डा–विश्व चर्चित ब्रान्ड होन्डाका संस्थापक सोइकिरो होन्डाले आफ्नो थरलाई ब्रान्ड बनाए।
निशान–जापानको चर्चित अटोमोवाइल कम्पनी निशानको नाम पहिले निप्पोन स्यान्ज्यो थियो। पछि यो नामको सर्ट फर्मको रुपमा निशान राखियो।
फोर्ड–फोर्डका संस्थापक हेनरी फोर्डले आफ्नो थरलाई ब्रान्डको नाम दिएका हुन्।
डाट्सन–यसको नाम पहिले डाट थियो। यो डेन, अयोमा र टेकियूचीको पहिलो अक्षरबाट लिइएको हो। पछि नाम बदलेर मबतकयल नाम बनाइयो।
टोयोटा–टोयोटाको नाम यसको फाउन्डर साकिची टोयोडाको थरबाट प्रेरित छ। पहिले यसको नाम टोयोडा थियो। पछि नाम बदलेर टोयोटा बनाइयो।