लैनचौरमा गुडिरहेको टेम्पोमा एक्कासि आगो लाग्यो

काठमाडौं । फाल्गुन १२, लैनचौरमा एउटा टेम्पोमा एक्कासि आगलागी भएको छ। बुधबार दिउँसो काठमाडौंको रत्नपार्कबाट हात्तीगौडा जाँदै गरेको टेम्पोमा आगलागी भएको दरबारमार्गका ट्राफिक प्रहरी नायब निरीक्षक (सई) जागेश्वर शर्माले बताए। करिब साढे १ बजे बा १ ह ४७९८ नम्बरको टेम्पो लैनचौरमा रोकिएको थियो। सोहीक्रममा एक्कासि आगलागी भएको शर्माले बताए। ग्यास टेम्पोमा कसरी आगलागी भएको भन्ने अनुसन्धान भइरहेको उनले बताए। आगलागी भएको केहीबेरमा त्यही आएको ट्यांकरको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो।