एक राजनैतिक पार्टीका अधिकारीको कार्यालयमै हत्या
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फाल्गुन १३, बंगलादेशमा राजनैतिक पार्टीका एकजना अधिकारीको कार्यालयमै दिउँसै हत्या गरिएको छ। मृतक उपाजिला पार्टीको युनिट संगठन सचिव ४२ वर्षिय समर बिजय चक्मा हुन।
दिउँसो करीब १ बजे नकाबधारीद्वारा कार्यालयको कार्यकक्षमै उनको हत्या गरिएको बताईएको छ। उनलाई गोली प्रहार गरी घटनास्थलमै मारिएको थियो भने घटनास्थलमा २ जना व्यक्ति आएको प्रहरीले जनाएको छ जसमध्ये एकजनाले २ गोली प्रहार गरेका थिए। उनिहरु ढोकाबाटै भागेपछि कार्यालयका अन्य व्यक्ति आएर सख्त घाईते चक्मालाई अस्पताल लगेका थिए जहाँ उनलाई चिकित्सकहरुले मृतक घोषणा गरेका थिए।।