उत्तरकोरियाबाट कठिन रेलको ट्रलीबाट यात्रागरी रसियाका कुटनीतिज्ञहरु फिर्ता
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फाल्गुन १४, उत्तरकोरियामा कार्यरत रसियाका कुटनैतिक नियोगका कर्मचारी र तिनका परिवार उत्तरकोरियाबाट रसियामा हातले तान्नु पर्ने रेलको ट्रलीबाट रसिया फर्केका छन। उत्तरकोरियामा कोभिड १९ को कारण गरिएको प्रतिबन्धका कारण उनिहरु यसरि स्वदेश फर्कनु परेको रसियाको विदेश मन्त्रालयले फेसबुक मार्फत बताएको छ।
८ जनाको समूहमा रहेका रसियालीले ३२ किलो मिटर ट्रेनको ट्रलीको यात्राका साथै २ घण्टा बसको यात्रा गरेका थिए। उनिहरु रसियाको सिमाभन्दा १ किलो मिटर दुरी बाँकी रहेसम्म ट्रली आफैंले घचेटनु परेको थियो। १ वर्षदेखि सिमा बन्द भएका कारण यात्रीहरुको यात्रा रोकिएको उत्तरकोरियामा रहेको रसियाली दुतावासका कर्मचारीले बताएका छन। उत्तरकोरियाले आफ्नो मुलुकमा कोरोनाको संक्रमण नभएको दावी गरेको छ जसलाई विज्ञहरुले पत्याएका छैनन।