वन जोगाए बापत नेपालले पाउने भयो ५ अर्ब

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १४, नेपालले हरियो वन जोगाए वापत पाँच अर्ब रूपैयाँ पाउने भएको छ । वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चितिबढाए बापत करीब पाँच अर्ब (४५ मिलियन अमेरिकी डलर) रकम पाउने भएको हो ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली र विश्वबैंकका देशीय निर्देशक फरिस अदाद–जेर्भोसबीच बुधबार भएको उत्सर्जन कटौती खरीद सम्झौतानुसार नेपालले सो रकम प्राप्त गर्ने भएको छ । सम्झौतानुसार नेपालले पश्चिम तराईका जिल्लाका वनबाट ९० लाख टन कार्बनडाइअक्साइड उत्सर्जन घटाउने छ । साथै समुदायमा आधारित वन व्यवस्थापन सुधार, राष्ट्रिय वनका लागि उपभोक्ता अधिकार स्थानीय समुदायमा हस्तान्तरण, एकीकृत भूमि उपयोग योजना सुधार, ऊर्जाको वैकल्पिक स्रोतको प्रवद्र्धन र संरक्षित क्षेत्र व्यवस्थापनको क्षमता अभिवृद्धि पनि गरिनेछ ।

 

प्रकाशित : 26 February, 2021

प्रतिक्रिया दिनुहोस्