डिप्रेसन बारे जान्नैपर्ने यस्तो कुरा

काठमाडौं । फाल्गुन १६, मानिसहरुमा नकरात्मक सोच उत्पन्न गराउँने, दुखी तुल्याउने समस्या नै डिप्रेसन हो । मानव शरीरमा हुने विभिन्न रोगहरु मध्ये डिप्रेसन पनि एक गम्भीर रोग हो । अहिलेको बदलिदो समयसँगै मानिसहरुमा प्रतिस्पर्धात्मक सोचाई, भावनाको कमी, सामाजिक सञ्जालमा अल्झिनुका कारण मानिसले आफ्नो स्वास्थ्यमा त्यति ध्यान दिदैँनन् । पढाईको प्रेसरका साथै काम बढि हुने कारणले पनि डिप्रेसन हुन्छ । मस्तिस्कमा न्युरो टान्समिटरले सहि ढेगले काम नगरेमा वा धेरै चिन्ता,तनावको कारण शरीरमा हर्मोनको मात्रामा गडबढी हुन गएमा डिप्रेसन हुन्छ ।
डिप्रेसनका लक्षणहरु:
- अत्याधिक मात्रामा रिस उठनु, झर्को लाग्नु ।
- आफु माथी नै घृणाको भावना महशुस हुनु ।
- वर्तमान र भविष्य बारे नकरात्मक सोचाई हुनु ।
- काममा मन नलाग्ने ।
- निरन्तर चिन्ता हुने ।
- निद्रा नलाग्ने वा चाँडै छोड्ने ।
- हिनताबोध हुने,सोच्ने र सम्झिने क्षमता कम हुने ।
बच्ने उपाय:
- लागु पदार्थको सेवन नगर्ने ।
- सन्तुलित खानेकुराहरु खाने ।
- दैनिक रुपमा व्यायाम गर्ने ।
- आफ्ना समस्याहरु खुलेर परिवार, साथी, डाक्टरलाई भन्ने ।
- समयमा सुत्ने र उठ्ने ।
- समाजमा घुलमिल हुने ।
- दैनिक कार्यलाई निरन्तरता दिने ।