सिडिएससीद्धारा आइपिओ रिजल्ट मात्र हेर्न मिल्ने नयाँ वेभसाइट खडा

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १६, सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आइपिओको नतिजा सञ्चारमाध्यमको वेभसाइटबाट हेर्न नपाउँने व्यवस्था गरेपछि आम लगानीकर्तालाई कहाँबाट आइपिओ नतिजा हेर्ने भन्ने अन्यौल अझै रहेको देखिन्छ ।

यसअघि अनलाइन सञ्चारमाध्यमबाटै हेर्न सकिने व्यवस्था भएकोमा अब भने सिडिएससीले नै आइपिओ रिजल्ट मात्र हेर्न मिल्ने नयाँ वेभसाइट खडा गरीएको छ । यसका लागि तपाईंले (https://iporesult.cdsc.com.np/) ​ मा क्लिक गरेर हेर्न सकिने छ । कहाँ हेर्न पाइन्छ भनेर वेभसाइट चहारेर बस्नुपर्ने झन्झटबाट मुक्त गराउने सिडिएससीको विश्वास छ । यस बाहेक सम्बन्धित कम्पनीको विक्री प्रबन्धकको वेभसाइटमा पनि गएर हेर्न सकिन्छ ।

प्रकाशित : 28 February, 2021

प्रतिक्रिया दिनुहोस्