म्यानमारमा छातिमा गोली लागेर छट्पटिए आन्दोनलकारी
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फाल्गुन १६, आइतबार म्यानमारको यांगुनको मुख्य शहर र दावेईको दक्षिणी बस्तीमा प्रहरीले गोली चलाउँदा दुई आन्दोलनकारीको मृत्यु भएको छ । आन्दोलनलाई तितरवितर पार्ने क्रममा प्रहरीले टियर ग्यास र गोली चलाएको हो ।
म्यान्मार नाउ मिडिया ग्रुपले पोस्ट गरेको भिडियोमा एक व्यक्ति यांगुनको ह्लेदान सेन्टर नजिकैको सडकमा घाइते अवस्थामा भेटिएको बताएका छन् । घटनालाई प्रत्यक्ष नियालेका एक व्यक्तिले फ्रन्टियर म्यागेजिनलाई दिएको जानकारीअनुसार प्रहरीले बस स्टेशनमा लुकेका आन्दोलनकारी माथि गोली हानेको थियो । आइतबारको आन्दोलनअघि संयुक्त राष्ट्रसंघका लागि म्यानमारका दूत काउ मोई तुनले राष्ट्रघाती काम गरेको भन्दै सरकारी टेलिभिजनबाट उनको बर्खास्तीको घोषणा गरिएको थियो । तुनले फेब्रअरी १ को सैन्य कु उल्टाउनका लागि राष्ट्रसंघले आवश्यक कदम उठाउनुपर्ने तर्क गरेका थिए ।