केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विप्लव नेतृत्वसंग छिट्टै सहमति हुन्छ : प्रधानमन्त्री ओली

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १६, प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग छिट्टै वार्ता हुने बताएका छन् ।

झापामा औद्योगिक पार्कको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विप्लवसँग वार्ता चाँडै हुने दाबी गरेका छन् ।
विध्वंसात्मक गतिविधिमा संलग्न भएको भन्दै सरकारले २८ फागुन २०७५ देखि समूहमाथि प्रतिबन्ध लगाएको थियो। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विभाजन आएसँगै ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवसँग संवादलाई अघि बढाएका हुन् । प्रतिबन्धित पार्टीका महासचिव विप्लवले पनि आफूहरु सरकारसंग वार्ता गर्न तयार रहेको विज्ञप्तिमार्फत बताइसकेका छन् ।

प्रकाशित : 28 February, 2021

प्रतिक्रिया दिनुहोस्