२३ क्यारेट सुनबाट बनेको संसारकै महँगो बिरयानी
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फाल्गुन १६, बिरयानी भारतीय भान्साको लोकप्रिय खाना मात्र होइन, संसारभर नै भारतीय परिकारका रुपमा रेष्टुरेन्टहरुमा राखिएको हुन्छ । मीठो स्वादमा बिरयानी खाए पनि सुन नै राखेको बिरयानी पनि खान पाइने भनेको सुन्दा भने आश्चर्य लाग्ने विषय हो । तर दुबईस्थित एक रेष्टुरेन्टले भने २३ क्यारेट सुनको प्रयोग गरेरै संसारकै सबैभन्दा महँगो बिरयानी बजारमा ल्याएको छ ।
खानयोग्य गरी २३ क्यारेटको सुन प्रयोग गरिएको बिरयानी सुनकै थालमा खान पाइने पनि जनाइएको छ । जसमा गोल्फ लिफ कबाब, कश्मिरी कबाब, पुरानो दिल्ली चप्स, राजपूत चिकेन कबाब, मुगल कोफ्ता तथा मलाई चिकेन कस्तुरी तथा केशर तरकारीसहित तयार पारिन्छ । चटनी तथा ससमा बदाम तथा अनारको राइता, निहारी तथा जोधपुरी अचार समावेश गरिएको बिरयानीका सबै परिकार सुनको प्लेटमा सजाएर त्यसमाथि २३ क्यारेटको सुनको पत्र हालिन्छ ।