सयौँ मानिसको अस्थिपञ्जर छरिएका एउटा हिमाली तालको रोचक रहस्य

काठमाडौं । फाल्गुन १८, भारतीय हिमालयस्थित एउटा हिमाली उपत्यकामा रहेको विकट तालमा सयौँ मानव अस्थितपञ्जर छरिएका छन्। उत्तराखण्ड राज्यस्थित भारतको एउटा अग्लो हिमाल त्रिशूलको चुचुरोको ठाडो भिरालोमा रहेको रूपकुण्ड समुद्र सतहबाट ५०२९ मिटर उचाइमा रहेको छ। सो तालमा मानव अवशेषहरू छरिएको र हिउँमा दबेको कुरा सन् १९४२ मा एउटा ब्रिटिस रेन्जरको गस्तीले पत्ता लगाएका छन्।
रूपकुण्डमा हिउँ पग्लिएका बेला अस्थिपञ्जर देखिन्छन्। कहिलेकाहीँ त त्यसमा मासु टाँसिएको र सग्लै रहेको देखिन्छ। आधा शताब्दीभन्दा लामो समयदेखि मानवशास्त्री र वैज्ञानिकहरूले अवशेषको अध्ययन गरेका छन् तर गुत्थी सुल्झिएको छैन। अहिलेसम्म त्यहाँ ६०० देखि ८०० जना मानिसको शरीरको अवशेष फेला परेको अनुमान छ।