अजय देवगनको कार रोकि किसानबारे प्रश्न उठाउने युवक प्रहरीद्वारा पक्राउ
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फाल्गुन १९, अभिनेता अजय देवगनको कार रोकेर उनलाई किसान आन्दोलनमाथि प्रश्न सोध्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ । सो व्यक्तिले अजय देवगनले कृषि कानूनको विरोध गरिरहेका किसानको समर्थनमा किन केही गरेनन् भन्ने विषयमा प्रश्न सोधेका थिए ।
समाचार एजेन्सी पिटिआईले एक प्रहरी अधिकारीको भनाई उद्धृत गर्दै पक्राउ पर्ने व्यक्ति २८ वर्षका ड्रायभर राजदीप सिंह भएको बताएको छ । एक प्रहरी अधिकारीले भने, ‘यो घटना मंगलबार बिहान साढे १० बजे भएको हो । सिंहले गोरेगाँवमा फिल्म सिटी बाहिर अजय देवगनको कारलाई रोके र उनले आन्दोलनकारी किसानको समर्थनमा किन बोलिरहनुभएका छैनन् भनेर जान्न चाहे ।’
अकाली दलका नेता मनजिन्दर सिंह सिरसाले यसलाई अन्याय बताएका छन् । उनले अजय देवगनको कार रोक्ने राजदीप सिंह धालीवालको भिडियो ट्वीट गरे । साथै उनले लेखे, ‘राजदीपले आफ्नो असहमति मात्रै व्यक्त गरेका थिए किनभने उनी अजय देवगन किसानको समर्थनमा नआएका कारण उनी असन्तुष्ट थिए । के यो अपराध हो ?’