राजस्व विभागद्धारा अनुराग कश्यप र तापसी पन्नुको घरमा छापा

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १९, भारतको राजस्व विभागले निर्देशक अनुराग कश्यप, अभिनेत्री तापसी पन्नुलगायत कलाकारको घरमा छापा मारेको छ। खानतलासीका क्रममा विभागले निर्माता विकास बेहल र मधु मान्तेन घरमा समेत छापा मारिएको छ।

हिन्दुस्तान टाइम्सका अनुसार विभागले बुधबार अनुरागको प्रोडक्सन कम्पनी सन् २०१८ मै बन्द भएको ‘फ्यान्टम फिल्म’ सम्बन्धित व्यक्तिहरूको घरको खानतलासी गरेको हो। एक्सिड इन्टरटेन्टमेन्ट र क्वान इन्टरटेन्टमेन्ट मुम्बईको सबैभन्दा लोकप्रिय सेलिब्रेटी म्यानेजमेन्ट एजेन्सी हुन्। राजस्व विभागले राजस्व छलेको आरोपमा यी व्यक्तिहरूको घरमा छापा मारेको हो।

प्रकाशित : 3 March, 2021

प्रतिक्रिया दिनुहोस्