बलिउडकी गायिका श्रेया घोसाल आमा बन्दै
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फाल्गुन २०, बलिउडकी गायिका श्रेया घोसाल आमा बन्ने भएकी छिन् । घोषालले सामाजिक सञ्जाल मार्फत आफू गर्भवती भएको जानकारी दिएकी छिन् ।
उनले गर्भावस्थाको तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘श्रेया र आदित्यको सन्तान आउने क्रममा छ। हामी यो खबर तपाईँहरुसँग साझा गर्न पाउँदा एकदमै हर्षित, उत्साहित छौँ । जीवनको नयाँ अध्यायको तयारी गरिरहेका हामीलाई तपाईँहरुको माया र आर्शिवादको खाँचो छ।’ चर्चित गायिका श्रेयाले व्यवसायी शिलादित्य मुखोपाध्यायसँग विवाह गरेकी हुन्।