ओमानमा राती ८ बजेपछि ब्यापारिक गतिविधिमा पुर्ण रोक
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन २०, कोरोना भाईरसको सक्रमणलाई दृष्ट्रिगत गरी ओमानमा आगामी १५ दिनसम्म राती ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि ब्यापारिक गतिविधिमा पुर्ण रोक लगाईएको छ। यहाँका स्कूलहरु दुर शिक्षा मार्फत संचालन गरिनेछ। रेष्टुरेण्ट,क्याफेतथ होमडेलिभरी प्रणालीमा पनि प्रतिबन्ध लगाईएको छ।
ओमानमा हालसम्म १ लाख ४१ हजार ८ सय ८ जनालाई कोरोना भाईरसको सक्रमण भैसकेको छ। जसमध्ये ९४ प्रतिशत मानिसलाई निको भएको ओमानको स्वास्थ्य मन्त्रालयले बताएको छ। ओमानमा हालसम्म कोरोनाबाट १ हजार ५ सय ७७ जनाको मृत्यू भएको छ।