हवाईजहाजभित्रै अब इन्टरनेट सेवा

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २०, नेपाल दूरसञ्चार प्राधिकरणले नेपाली हवाई उडानमा पनि इन्टरनेट तथा मोबाइल सेवा उपयोग गर्न सकिने गरि खुला गर्ने भएको छ । प्राधिकरणले १० हजार फिट माथिको आकाशमा विदेशी एयरलाइन्सहरुले दूरसञ्चार सेवा प्रयोग गर्न सकिने गरि खुला गर्ने तयारी गरेको हो ।

प्राधिकरणको २३ औं वार्षिकोत्सवमा बोल्दै अध्यक्ष पुरुषोत्तम खनालले हवाई उडानमा दूरसञ्चार सेवा प्रयोग गर्न सकिने गरि खुला गराउने तयारी भईरहेको बताए । यस्तो सेवामार्फत एयरप्लेनहरुमा यात्रुहरुले सिधै मोबाइल वा वाईफाई मार्फत इन्टरनेट लगायतका सेवा प्रयोग गर्न सक्नेछन् ।

 

प्रकाशित : 4 March, 2021

प्रतिक्रिया दिनुहोस्