न्युजिल्याण्डमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २१, न्युजिल्याण्डको जिस्बन सहरबाट झण्डै १ सय ७८ किलोमिटर टाढाको जमिनको गहिराइमा केन्द्रबिन्दु बनाई ७ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ ।

तीन पटकसम्म आएका भूकम्पको धक्कापछि त्यहाँ सुनामीको चेतावनी दिइएको छ । उत्तरी क्षेत्रका टापुहरुको तटीय क्षेत्रमा सुनामीको सम्भावना रहेको भन्दै सुरक्षित रहन आग्रह गरिएको छ । न्युजिल्याण्डको राष्ट्रिय आपतकालीन एजेन्सीले पूर्वी तटमा सुनामीको खतरा रहेको भन्दै सुरक्षित रहन भनिएको छ । भूकम्पका कारण अहिलेसम्म कुनै क्षति भएको विवरण आएको छैन ।

प्रकाशित : 5 March, 2021

प्रतिक्रिया दिनुहोस्