प्रधानमन्त्री ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउने

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २२, प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउने भएका छन् ।

 

प्रधानमन्त्री ओलीले शिक्षण अस्पताल महाराजगञ्जमा बिहान १० बजे खोप लगाएर दोश्रो चरणको खोप अभियान शुरुवात गर्ने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए ।

भोलिदेखि संवैधानिक निकायका पदाधिकारीहरुले समेत खोप लगाउने बताइएको छ । १५ वटा हिमाली जिल्लामा भने ५५ वर्ष भन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई पनि भोलिदेखि नै खोप लगाइने छ ।

प्रकाशित : 6 March, 2021

प्रतिक्रिया दिनुहोस्