जोशी बने ‘आङ छिरिङ शेर्पा स्मृति गल्फ’को विजेता

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २४, काठमाडौंको गोकर्णस्थित गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सम्पन्न पहिलो प्रथम आङ छिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिताको विजेता सुमन जोशी बनेका छन् ।

यति ग्रुपले आयोजना गरेको प्रतियोगिता शुक्रबार र शनिबार भएको थियो भने प्रतियोगितामा १५० गल्फ खेलाडी सहभागी थिए । उक्त प्रतियोगितामा सहभागी प्रत्येक प्रतिस्पर्धीले एक पटक ‘होल इन वान’ प्रहार गर्ने मौका पाएका थिए भने जोशीले यो सफलतासँगै कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले प्रायोजन गरेको किया सोनेट एचटिएक्स कार जितेका छन् ।

प्रकाशित : 8 March, 2021

प्रतिक्रिया दिनुहोस्