काठमाडौं मेयर्स कप क्रिकेटमा आज दुई खेल हुँदै

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २५, काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा हुने खेलमा एपीएफ क्लबले वाग्मती प्रदेशसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

मुलपानी क्रिकेट मैदानमा हुने अर्को खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । वाग्मतीविरुद्ध मैदान उत्रदा एपीएफ लगातार तेस्रो जितको खोजीमा हुनेछ । एपीएफ २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । वाग्मती प्रदेश भने पहिलो जितको खोजीमा रहेको छ ।

आर्मी र पुलिस भने दोस्रो जितको खोजीमा रहेका छन् । पहिलो खेलमा एपीएफसँग पराजित आर्मीले दोस्रो खेलमा काठमाडौं मेयर-११ लाई हराएको थियो । पुलिसले भने पहिलो खेलमा वाग्मतीलाई हराएको थियो । दोस्रो खेलमा पुलिस एपीएफसँग पराजित भएको थियो ।

 

प्रकाशित : 9 March, 2021

प्रतिक्रिया दिनुहोस्