दक्षिण कोरियाद्वारा अमेरिकी सैनिकहरूमाथि हुने खर्च रकममा १३ प्रतिशतले वृद्धि

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २६, दक्षिण कोरियाली सरकारले अमेरिकी सेनालाई दिने रकम वृद्धि गरेको छ । त्यहाँको सरकारले २०२१ का लागि २८ हजार ५ सय अमेरिकी सैनिकहरूमाथि हुने खर्चमा यो दशककै सबैभन्दा उच्च वृद्धिदर (१३.९) प्रतिशतले वृद्धि गरेको हो ।

यसपटक दक्षिण कोरियाको योगदानको साझेदारी रकम बढेर १.१८ ट्रिलियन वन पुगेको छ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सहयोगीहरूको रक्षाका लागि दक्षिण कोरियासँग हरेक वर्ष ५ खर्ब डलर भुक्तानीको माग गर्नुभएको थियो । १९५० देखि १९५३ सम्म उत्तर र दक्षिण कोरियाबीच भएको युद्धमा उत्तरी सैनिकबाट बचाउनका लागि अमेरिकाले २८ हजार ५ सय अमेरिकी सैनिक दक्षिण कोरियामा तैनाथ गरेर सहयोग गरेपछि दक्षिण कोरियाले हरेक वर्ष अमेरिकी सैनिकका लागि बजेट विनियोजन गर्दै आएको छ ।

प्रकाशित : 10 March, 2021

प्रतिक्रिया दिनुहोस्