वरुणले सुटिङमै १२ पेग ह्विस्की पिएपछि शानदार अभिनय

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २६, अभिनेता वरुण धवन र अभिनेत्री आलिया भट्टले सन् २०१२ मा रिलिज फिल्म ‘स्टुडेण्ट अफ इयर’बाट अभिनयमा डेब्यू गरेका थिए । उक्त जोडी त्यसको पाँच वर्षपछि अर्थात् सन् २०१७ मा फिल्म ‘बद्रीनाथ की दुल्हनिया’मा देखिए ।

सशांक खेतान निर्देशित फिल्मको एक दृश्यमा अभिनेता वरुण वास्तविक मातेका थिए । निर्देशक सशांकका अनुसार दृश्यमा सही टोन दिनका लागि वरुणले १२ पेग ह्विस्की पिएका थिए । ‘वरुणले ह्विस्की पिएपछि शानदार अभिनय गरे । तर यो सट लिएपछि उनलाई सम्हाल्न निकै गाह्रो पर्यो’, पिंकभिल्लासँगको कुराकानीमा सशांकले भनेका छन् ।

 

प्रकाशित : 10 March, 2021

प्रतिक्रिया दिनुहोस्