मृगौलाको विशेषज्ञ सेवा छिटै प्रारम्भ हुने प्रधानमन्त्री ओलीको दावी

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २७, नेपालमा मृगौला सम्बन्धी विसेषज्ञ सेवा छिटै शुरु हुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । दुई पटक मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले विश्व मृगौला दिवसका अवसरमा चेतनामुलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले छिटै त्यस्तो केन्द्र स्थापना गर्न लागि परेको पनि बताए ।

कार्यक्रममा मृगौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्राध्यापक डा। दिव्या सिंह शाहसहितका विज्ञहरुको समेत सहभागिता रहेको थियो । मृगौलालाई रोगहरुबाट कसरी बचाउन सकिन्छ र रोग लागि हालेमा प्रत्यारोपण सहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउने समेत गरी मुख्य दुई कुरामा ध्यान केन्द्रित गर्नुपर्छ, दुई पटक मृगौला प्रत्यारोपण गराइसक्नुभएका प्रधानमन्त्री ओलीको भनाइ रहेको थियो । हाम्रो खानपिन वा हाम्रो दैनिकमा मृगौलालाई असर पार्न खानपीन वा व्यवहार के हो रु र त्यसबाट कसरी जोगिने जस्ता कुराहरुलाई ध्यान दिन जरुरी छ, प्रधानमन्त्रीको भनाई थियो । उपचार, प्राथमिक परीक्षण, प्रयोगशाला र विशेषज्ञ चिकित्सकका लागि धेरै टाढा जान नपरोस् भन्ने हाम्रो कुरा हो ।

पहिलो पटक मृगौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको कुरालाई पनि प्रधानमन्त्रीले स्मरण गराए । केही मानिसहरुले मलाई बाहिर गएर उपचार गरायो भने, तर म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिइन, यहाँ सुविधा नहुँदा गएको थिएँ, उनको भनाई थियो । मृगौला रोग जस्तो जटिलताबाट बच्न स्वस्थ्य जीवनयापनका लागि आग्रह गर्दै प्रधानमन्त्रीले यसबारेका प्रचारलाई अझ थप व्यापक बनाउनु पर्नेमा पनि जोड दिए।

प्रकाशित : 11 March, 2021

प्रतिक्रिया दिनुहोस्