जुलाई ४ मा ‘कोरोना स्वतन्त्रता दिवस’ मनाउने योजना: अमेरिकी राष्ट्रपति बाइडन
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फाल्गुन २८, अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी जुलाई ४ मा कोरोना भाइरस (कोभिड–१९) बाट मुक्त भएको अवसरमा स्वतन्त्रता दिवस बनाउने योजना रहेको बताएका छन् । यो योजनाले जुलाई ४ सम्म अमेरिका सामान्य अवस्थामा फर्किने उनको भनाइ थियो ।
अमेरिकामा कोरोना नियन्त्रणको लागि लकडाउन सुरु भएको एक वर्षको अवसरमा बोल्दै बाइडनले कोरोनाविरुद्धको खोप कार्यक्रमलाई तीव्रता दिइएको बताएका छन् । यसअघि उनले कोरोना राहतको लागि १९ खर्ब डलरको प्याकेजमा हस्ताक्षर गरेका थिए । अहिलेसम्म अमेरिकामा कोरोनाबाट पाँच लाख ३० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने बाइडनले अब कोरोनाबाट अमेरिकी नागरिकहरुलाई थप पीडा नहुने बताएका छन् । बाइडनले कोरोनाले अमेरिकाबाट केही महत्वपूर्ण कुराहरु खोसेको बताएका छन् भने उनले आफूहरु कोरोनाको अन्त्यको निकै नजिक आइपुगेकाले सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।