नेपाल इन्जिनियरिङ कलेजमा खेलकुद सप्ताह शुरू

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०१, इन्जिनियरिङ कलेज दुवाकोट चाँगुनारायण भक्तपुरमा आइतबारदेखि खेलकुद सप्ताह २०७७ शुरू भएको छ ।

खेलकुद सप्ताह अन्तर्गत १५ वटा विभिन्न खेलहरु शुरू गरिएका छन् । फुटवल, भलिवल, व्याटमिन्टन, एथलेटिक्स, टेवुल टेनिस, म्याराथुन, कपर्दी, डोरी तान्ने खेल, हाइ जम्प, लङ जम्पलगायतका १५ वटा खेलकुदहरु शुरू भएका हुन् ।

कलेजका प्राचार्य डा हरिकृष्ण श्रेष्ठले प्रतियोगितामा कलेजका दुई हजार विद्यार्थीहरुको सहभागिता रहने जनाए । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि खेलकुद सप्ताह शुरू भएको कलेजले जनाएको छ ।

प्रकाशित : 14 March, 2021

प्रतिक्रिया दिनुहोस्