फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग हुदैँ

काठमाडौं । चैत्र ०२, विभिन्न सात सहरको प्रतिनिधित्व हुने गरी आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टिम र टिम मालिक सार्वजनिक गरिएको छ । नेपाल स्पोर्टस म्यानेजमेन्टले आइतबार कार्यक्रमको आयोजना गरी फ्रेन्चाइज टिम र टिम मालिक सार्वजनिक गरेको हो भने ७ फ्रेन्चाइज टिमको सहभागिता रहने लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी टिम रहेका छन् ।
फ्रेन्चाइज टिम मालिकहरूले एनएसएलमा सहरको प्रतिनिधित्व गर्दै सहभागी हुन पाउँदा उत्साहित भएको बताए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले फ्रेन्चाइज लिगको अवधारणाले फुटबलको नयाँ अध्याय सुरुआत भएको प्रतिक्रिया दिए । एनएसएल आगामी वैशाख ११ देखि २५ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा आयोजना गरिनेछ । सिंगल राउण्ड रोविन लिगका आधारमा एनएसएल फ्रेन्चाइज लिग अवधारण सुरुआत भएसँगै फुटबलले नयाँ गति लिने अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताउनुभयो ।