सामग्री लागत बढेपनि चिनियाँ ब्याट्री निर्माताहरूले मूल्य नबढाउने
सहयात्रा टिभी
काठमाडौं । चैत्र ०२, चीनमा आधारित एलएफपी र टेर्नरी (LFP and ternary) ब्याट्री निर्माताहरूले बढ्दो सामग्री लागतको बावजुद उत्पादन मूल्य स्थिर राखेका चिनियाँ मिडिया रिपोर्टमा उल्लेख रहेको छ।

रिपोर्टका अनुसार धेरै सामग्रीहरूको लागत तीव्र रूपमा वृद्धि भइरहेको छ । मूल्य बढेका सामग्रीहरुमा लिथियम कार्बोनेट ८० प्रतिशत, प्रिकर्सर्स ६० प्रतिशत, कोबाल्ट ४० प्रतिशत, लिथियम आईरन फस्फेट २० प्रतिसत र इलेक्ट्रोलाइटिक सलुसन तीन गुणाले बढेको र कपर फोइल २० प्रतिशतले वृद्धि भएको छ। टेस्लाले चीनमा उत्पादन गरिएको मोडेल३ का लागि एलएफपी ब्याट्री प्याकको प्रयोगले सम्भवतः अन्य ईभी विक्रेताहरूलाई पनि सो ब्याट्री प्रविधिको पालना गर्न प्रेरित गर्दछ।
‘व्यापारका अवसरहरू गुम्न नदिन चिनियाँ एलएफपी ब्याट्री निर्माताहरूले, मागको सम्भावित वृद्धिलाई ध्यान दिएर, वर्तमान अवसरमा मूल्य कायम गर्न इच्छुक छन्,’ रिपोर्टहरूले भने। रिपोर्टहरूका अनुसार एलएफपी ब्याट्री निर्मातासँग प्रतिस्पर्धा गर्न, चिनियाँ टेर्नरी ब्याट्री निर्माताहरूले कोटेसन बढाउनबाट रोकेका छन्।


