गोबिन्दा बलिउडमा षड्यन्त्रको शिकार भई १६ करोड डुबेको खुलासा
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र ०२, ९० को दशकमा गोबिन्दा सिनेमाघरमा राज गर्दथे । यद्यपि, पछिल्लो केही वर्षमा उनका जुन फिल्म रिलिज भए त्यसले खासै राम्रो प्रदर्शन गर्न सकेन । गोबिन्दाले पहिलो पनि आफ्नो करियर समाप्त गर्ने कोसिस गरिएको भन्नेबारे जानकारी दिएका थिए ।
फिल्म कुली नम्बर वानको रिमेकबारे गोबिन्दाले केही भन्न नै अस्विकार गरेका छन् । फिल्म अघिल्लो वर्ष ओटीटी प्लेटफर्ममा रिलिज भएको थियो र यसले नेगेटिभ रिभ्यू पाएको थियो ।
फिल्मको निर्देशन डेविड धवनले गरेका थिए जोसँग गोबिन्दाले थुप्रै सुपरहिट फिल्म दिए । गोबिन्दाले भने, ‘तपाईंले मलाई कहिल्यै पनि कोहीविरुद्ध बोलेको पाउनुहुँदैन । जबकी धेरैजसो मानिसहरुले मेरा बारे कुरा गर्छन् । म कहिल्यै कसैको कामलाई जज गर्दिनँ किनभने म सबैको मिहिनेत र लगानी गरिएको पैसालाई इज्जत गर्छु । पछिल्लो १४–१५ वर्षमा मैले पैसा लगानी गरेँ र मैले करिब १६ करोड घाटा व्यवहोर्नुपर्यो । केही मानिसहरुले ममाथि असाध्यै नराम्रो व्यवहार गरे । यीमध्ये केही इन्डष्ट्रिका मानिसहरु पनि थिए । मेरो फिल्मले थिएटर पाएन र उनीहरु मेरो करियर समाप्त गर्न चाहन्थे, जुन भएन । अब म सन् २०२१ मा धमाकाका लागि प्रतीक्षा गरिरहेको छु ।’