५ वर्षमा अमेरिकाको अस्त्र व्यापारको बजार हिस्सा ३७ प्रतिशत पुग्यो

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०३, अमेरिकाले पाँच वर्षमा अस्त्र व्यापारको बजार हिस्सा बढाएर ३७ प्रतिशत पुर्याएको स्वीडेनको अनुसन्धान संस्था स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट सीप्रीले बताएको  छ।

बजार हिस्सा बढाएको अमेरिकाले ९६ देशमा आफूले उत्पादन गरेका अस्त्रशस्त्र पठाइरहेको छ । त्यस्तै फ्रान्सको ४४ र जर्मनीको २१ प्रतिशतले अस्त्र निर्यात बढेको छ । रुस र चीनबाट निर्यात घटेका बेला अमेरिका, फ्रान्स र जर्मनीले आफ्नो अस्त्र निर्यात बढाएका हुन् ।

हतियारको आयात र निर्यात शीतयुद्ध अन्त्य भएपछि अहिले उच्चबिन्दुमा पुगेको अनुसन्धान संस्थाको दाबी छ । सन् २०२० मा कोरोना महामारी उत्कर्षमा पुगेको बेलामा समेत केही देशहरूले अस्त्र किन्ने ठूला सम्झौता गरेका विवरण सङ्कलन गरेको संस्था सीप्रीका वरिष्ठ अध्ययनकर्ता पिटर वेजेमनले बताउनुभएको बीबीसीको खबरमा उल्लेख छ ।

 

 

प्रकाशित : 16 March, 2021

प्रतिक्रिया दिनुहोस्