९ दिनपछि बल्ल हरियो बन्यो नेप्से, १० प्रतिशतले बढ्यो ४ कम्पनीको मूल्य

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०३, मंगलबार सेयर बजारको परिसूचक नेप्से २.५६ अंकमा हरियो देखिएको हो। गत साताको आइतबारयता बजार रातो रहँदै आएको थियो। आजको कारोबारपछि परिसूचक २३९१ अंकमा कायम भएको छ। कारोबार रकम भने ३ अर्ब ३७ करोडमा सीमित भयो। यस दिन बैंकिङ ३, होटल तथा पर्यटन ८७, फाइनान्स १, उत्पादन २३, माइक्रोफाइनान्स २७ र जीवन बीमा समूह २३० अंकले बढे।

ब्यापार ७२, विकास बैंक २, जलविद्युत ३१, अन्य २० र निर्जीवन बीमा समूह ६२ अंकले घट्यो। लगानी समूह १ अंकमुनि हरियो रह्यो। यस दिन चन्द्रागिरि हिल्सको मूल्य १० प्रतिशत बढ्यो। जोशी हाइड्रोपावर कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो। घलेम्दी हाइड्रोपावर र ग्रीन लाइफ हाइड्रोपावरको मूल्य पनि करिब १० प्रतिशतले बढ्यो।

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको १९ करोड रुपैयाँको कारोबार भयो भने मूल्य प्रतिकित्ता १९९७ कायम भएको छ। त्यस्तैगरी माथिल्लो तामाकोसीको १८ करोड रुपैयाँ बराबरको कारोबार भयो। कम्पनीको आज भने मूल्य घटेर प्रतिकित्ता ६३६ रुपैयाँ कायम रहेको छ।

प्रकाशित : 16 March, 2021

प्रतिक्रिया दिनुहोस्