कालो चिया पिउनुको यस्तो फाईदा
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र ०८, सामान्यतया बिहान उठेर चिया पिउने बानी धेरैको हुन्छ । सबैको रोजाइमा पर्ने चिया पनि विभिन्न प्रकारका हुन्छन् । दुध चिया, कालो चिया, कागती चिया तथा अन्य । जसमध्ये कालो चिया पिउनु स्वास्थ्यको लागि निकै लाभदायी हुन्छ । स्वादका लागि अरु चिया मिठो हुने भएता पनि कालो चिया पिउनु स्वास्थ्यको हिसाबले धेरै राम्रो हुन्छ ।
कालो चिया पिउनुका फाइदाहरु ।
- ग्यास्ट्रिकको समस्या हुँदैन ।
- हर्ट एट्यक खतरा कम हुन्छ ।
- कालो चियामा पाइने एन्टिअक्सिडेन्ट्सले शरीरमा भएको बोसोलाई कम गर्दछ ।
- पसिना गन्हाउने समस्याबाट छुटकारा पाइन्छ ।
- साइनस, डायरिया, निमोनिया जस्ता रोग लाग्ने सम्भावना कम गर्छ ।
- मुटुजन्य समस्याको खतरा पनि हुँदैन ।
- नियमित रुपमा कालो चिया पिउनाले तौल र पाचन प्रणाली व्यवस्थित हुन्छ ।
- नियमित रुपमा एक कप कालो चिया पिउनाले क्यानसर रोगबाट बच्न सकिन्छ ।
- छिटो भोक लाग्ने समस्याबाट छुटकारा पाइन्छ ।