यसरी गुगल म्यापको डार्क थिम एक्टिभेट गर्न सकिन्छ
सहयात्रा टिभी
काठमाडैं । चैत्र ०८, धेरै लामो समयको प्रतीक्षापछि गुगल म्याप्सका एण्ड्रोइड प्रयोगकर्ताहरुले डार्क थिम ढढढ नाइट मोड प्रयोग गर्न पाउने भएका छन्। कम्पनीले सामाजिक सञ्जालमा लेखेको छ, ‘हामीलाई के चाहिएको छरु डार्क थिम। कहाँ चाहिएको छ ? गुगल म्याप्स।’

एक्टिभेट गर्ने तरीका
सबैभन्दा पहिले गुगल म्यापको दायाँपट्टि माथि दिइएको योर प्रोफाइलमा ट्याप गर्नुहोस्। कन्फिगरेशन अप्शनमा गएर थिम सेटिङ्स खोज्नुहोस्। त्यसपछि डार्क मोडलाई एक्टिभ गर्नुहोस्। उक्त फिचर सपोर्ट गर्नका लागि एण्ड्रोइडको लेटेस्ट भर्जन डाउनलोड गर्नुपर्ने हुन्छ। एण्ड्रोइडको लेटेस्ट भर्जन १०.६१.२ हो।
डार्क मोड फिचरसँगै गुगल म्याप्समा ब्याकग्राउण्डका लागि गाढा खैरो तथा सडकको नाममा हल्का खैरो रंगको प्रयोग गरिएको छ। यसबाट युजरले महत्वपूर्ण ठाउँ तथा सडक सजिलै देख्न सकिने कम्पनीको भनाइ रहेको छ।


