अष्ट्रेलियामा बाढीको समस्या बढदो
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र ०९,अष्ट्रेलियामा बाढीले पिडित हुने सर्वसाधारणको संख्या बढिरहेको छ। अष्ट्रेलियाको सिडनीदेखि पश्चिमका स्थानमा बाढीबाट प्रभावित हजारौं मानिसहरुलाई अन्यत्र सार्ने योजना बनाईएको स्थानीय अधिकारीले जनाएका छन।
त्यहाँ केही दिन पानी पर्ने सम्मावना भएकोले सर्वसाधारणलाई सतर्क राखिएको छ। अष्ट्रेलियाको सबैभन्दा बाक्लो आवादी भएको क्षेत्र न्यू साउथ वेल्समा गत ३ दिनदेखि बेमौसमी वर्षा भैरहेको छ। त्यहाँ नदीमा बाढी आएको छ भने सडकको अवस्था तलाउजस्तै बनेको छ। कयौं मानिसको घरभित्र पानी पसेकोले उनिहरु घरबाट बाहिर निस्केका छन।
हजारौं मानिस घर छोडेर शिविरमा सरणलिन बाध्य भएका छन। यसप्रकारको आपतको स्थिति १ सय वर्षपछि पहिलो पटक आएको बताईएको छ। अष्ट्रेलियाका कयौं स्थानका मानिसलाई घरबाट निस्केर सुरक्षित स्थानमा जान सरकारले आदेश दिएको छ। स्थानीय अधिकारीले सर्वसाधारणलाई बाढी प्रभावित क्षेत्रमा नजान आग्रह गरेका छन।