कोलोराडो आक्रमण: सशस्त्र व्यक्तिको गोली प्रहारबाट एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । चैत्र १०, अमेरिकामा कोलोराडो राज्यको बोल्डर सहरमा भएको एउटा गोलीकाण्डमा एक प्रहरी अधिकारीसहित १० व्यक्तिले ज्यान गुमाएका छन्। एक सशस्त्र आक्रमणकारीले स्थानीय सुपरमार्केटमा जथाभावी गोली प्रहार गरेका थिए।

प्रेस सम्मेलनमा बोल्दै बोल्डरका प्रहरी प्रमुख म्यारिस हेरोल्डले एकजना सन्दिग्ध व्यक्ति हिरासतमा लिइएको र उनको अस्पतालमा उपचार भइरहेको बताएका छन्। सो घटना स्थानीय समय दिउँसोको साढे दुई बजेतिर भएको थियो। यो समाचार बी बी सी मा उल्लेख गरीएको छ ।

प्रकाशित : 23 March, 2021

प्रतिक्रिया दिनुहोस्