सुनको मूल्य तोलामा सामान्य वृद्धि

सहयात्रा टिभी

काठमाडौं । चैत्र १०, सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको भाउ तोलाको ८६ हजार ७०० कायम गरेको छ । सोमबार तोलाको ८७ हजार रुपैयाँमा कारोबार भएको थियो भने सोमबार पनि आइतबारको तुलनामा तोलामा २०० रुपैयाँले झरेको थियो ।

यस्तैगरी, तेजाबी सुनको भाउ पनि घटेर तोलाको ८६ हजार २५० रुपैयाँ कायम भएको महासंघले बताएको छ । मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले झरेर तोलाको १२ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : 23 March, 2021

प्रतिक्रिया दिनुहोस्