रक्सी पिएर जबरजस्ती हिरोको घरमा छिरे पछि भयो यस्तो हंगामा
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र १०, कप्तान ज्याक स्प्यारोको चरित्र निभाएका कारण आफ्नो छुट्टै पहिचान बनाएका अभिनेता जोनी डेपको बारेमा सारा विश्वभरि एक अनौठो खबर फैलिएको छ ।
हलिउड हिल्समा अवस्थित हलिवुड अभिनेता डेपको घरमा अज्ञात व्यक्ति प्रवेश गरेको खबरले विश्वभर तहल्का मच्चाएको छ । छिमेकीहरूले ती व्यक्तिलाई घर पछाडिको स्विमिङ पुलनजिक हिंडेको देखेर प्रहरीलाई खबर गरेका बताईएको छ ।
एक टीएमजेड रिपोर्टका अनुसार अभिनेताका छिमेकीले ती व्यक्तिलाई त्यहाँ आउनुको कारण सोध्दा ती व्यक्ति ढोका फोरेर भित्र पसेका थिए भने जब प्रहरी आइपुग्यो ती अज्ञात व्यक्ति नुहाउँदै थिए र उनले ढोका खोल्न अस्वीकार गरे।
उनी अभिनेताको घरमा बसेर रक्सीको स्वाद लिइरहेका थिए । ती व्यक्तिलाई घरको ढोका फोरेर भित्र पसेको भन्दै मुद्दा हालिएको छ । यो पहिलो पटक भने होइन । यसअघि जनवरीमा पनि एक अज्ञात महिला जोनी डेपको घरमा प्रवेश गरेकी थिइन् ।