सलमान खानको ‘राधे’ वैशाख ३० गते प्रदर्शनमा आउने
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र ११, बलिउड स्टार सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘राधे: योर मस्ट वान्टेड भाइ’ आगामी वैशाख ३० गते प्रदर्शनमा आउने भएको छ। अभिनेता खानले सामाजिक संजालमार्फत प्रदर्शन मितिबारे जानकारी गराएका हुन्।
मुस्लिम धर्मावलम्वीको पर्व इदको अवसरमा रिलिज हुन लागेको चलचित्रमा सलमानसहित दिशा पटानी, रणदीप हुडा र ज्याकी श्रोफ प्रमुख भूमिकामा देखिएका छन्। चलचित्रमा सलमानलाई एक्सन अवतारमा देख्न सकिन्छ भने सलमान खान फिल्मस र जी स्टुडियोले मिलेर निर्माण गरेका हुन्।