विश्वकप छनोट फुटबलमा पोर्चुगलको विजयी शुरूवात

काठमाडौँ । चैत १२, फिफा विश्वकप फुटबल छनोटमा पोर्चुगलले विजयी सुरूवात गरेको छ ।
विश्वकप छनोट अन्तर्गत युरोपियन छनोको पहिलो खेलमा बुधबार राति भएको पहिलो खेलमा पोर्चुगलले अजरबैजानलाई १-० गोलले पराजित गरेको हो ।
पोर्चुगलको जितमा खेलको ३६औँ मिनेटमा अजरबैजानका माक्सिम मेदभेदेबले आफ्नै पोस्टमा गरेको आत्मघाती गोल नै निर्णायक बन्यो ।
जितसँगै छनौटको समूह ‘ए’ मा रहेको पोर्चुगलले ३ अंक जोडेको छ ।
यसै समूहको अर्को खेलमा सर्बियाले रिपब्लिक अफ आयरल्याण्डलाई ३-२ गोल अन्तरले हराएको छ ।
सर्बिया ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ । पोर्चुगल समूहको दोस्रो स्थानमा रहेको छ ।