सरोज खनाल र दीपाश्री निरौलाको फेसबुक ह्याक, ह्याकरले मागे भान्जासँग एक लाख
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र १२, अभिनेता सरोज खनाल र निर्देशक तथा कलाकार दीपाश्री निरौलाको फेसबुक ह्याक भएको छ । बिहीबार दिउँसो उनीहरूको फेसबुक ह्याक भएको कलाकार दीपकराज गिरीले जानकारी दिनुभयो ।
पहिला सरोज खनालको फेसबुक ह्याक भएको र सोहीमार्फत ह्याकरले दीपाश्रीको फेसबुक ह्याक गरेको अभिनेत्री दीपाश्री निरौलाले बताउनुभयो । अभिनेत्री दीपाले ह्याकरले आफ्नो फेसबुकबाट सुमन गिरी भान्जासँग अप्ठेरो परेको भन्दै एकलाख मागेको बताइन् । ‘मेरो नामबाट सुमन भन्जासँग एक लाख मागेको रहेछ । हाल्नका लागि एकाउन्ट नम्बर पनि पठाएछ’ दीपाले भनिन्, ‘बुझ्दै जाँदा त्यो एकाउन्ट पनि अर्कैको रहेछ ।’
कुराकानीम निर्देशक निरौलाले सरोज खनालको फेसबुकबाट एउटा कोड पठाउन अनुरोध भएपछि आफूले कोड पठाएको बताउनुभयो । त्यसलगत्तै फेसबुक ह्याक भएको उहाँको भनाइ छ । ह्याक भएको फेसबुकमार्फत पैसाको माग भइरहेको निरौलाले बताउनुभयो । कलाकार दीपकराज गिरीले पनि सामाजिक सञ्जालमा एक स्टाटस राख्दै ह्याकरले चलचित्रकर्मीको फेसबुक ह्याक गर्दै पैसा माग्न थालेको उल्लेख गर्नुभएको बताईएको छ । फेसबुक ह्याक भएपछि अभिनेता खनाल र निर्देशक निरौला प्रहरीको साइबर ब्यूरोमा जान लागेका छन् ।