‘इन्डियन आइडल’ मा नीतू सिंहले ऋषि कपुरसँगको डेट सम्झिदै

काठमाडौं । चैत्र १३, बलिउड अभिनेत्री नीतू सिंह रियालिटी शो ‘इन्डियन आइडलुमा’ दिवंगत श्रीमान ऋषि कपुर सम्झेर भावुक बनेकी छन्। ‘इन्डियन आइडल’ १२ कार्यक्रममा स्वर्गीय अभिनेता ऋषि कपुर समर्पित विशेष एपिसोड आयोजना गरेको थियो। ऋषिको व्यक्तित्व र करियरको सम्मानका लागि उनकी श्रीमती अभिनेत्री नीतू कपुरलाई मुख्य पाहुनाका रूपमा आमन्त्रित गरिएको थियो।
खबर अनुसार उनले कार्यक्रममा ऋषि र आफू डेटिङ जाँदाका रमाइला पलहरु याद गरिन्। उनका अनुसार नीतु ऋषिको आत्मीय साथी थिइन्। नीतू ऋषिलाई केटीहरुसँग परिचय गराउँथिन्। कुराकानी गर्न समेत सहयोग गर्थिन्। यसै सन्दर्भमा नीतूले आफू कसरी ऋषिसँग प्रेममा पराइन् भनेर बताएकी छन्। हामी फिल्म छायांकनका लागि अलग सहरमा थिइन् र उनलाई त्यस्तोबेला ऋषिको टेलिग्राम आयो। जसमा लेखिएको थियो, ‘शिखनी याद आयी’। नीतूले आफू त्यो बेला ऋषिलाई मिस गरेर आँसु थाम्न नसकेको बताएकी छन्। उनले भनिन्, ‘त्यही दिनदेखि मैले ऋषिलाई प्रेम गर्न थालेँ।’