आज तराईमा होली पर्व मनाइँदै

सहयात्रा टिभी

काठमाडौं । चैत्र १६, तराई–मधेसका जिल्लाहरुमा आज सोमबार रंगहरूको पर्व फागु (होलीं) हर्षोलासपूर्वक मनाइँदै छ । पहाडी जिल्लामा आइतबार नै फागु पूणिर्मा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज (सोमबार) होली मनाउन लागिएको हो ।

होलीका अवसरमा केन्द्र सरकारले सोमबार एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ भने भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने चलन रहेको छ । स्थानअनुसार मनाइने फागु पुर्णिमाको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ ।

प्रकाशित : 29 March, 2021

प्रतिक्रिया दिनुहोस्