सुनको मूल्यमा वृद्धि

सहयात्रा टिभी

काठमाडौं । चैत्र १६, साताको दोस्रो दिन आज सोमबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार छापावाला सुन आज तोलामा दुई सय रुपैयाँले बढेको हो भने छापावाला सुन नेपाली बजारमा प्रतितोला ८६ हजार ५ सयमा कारोबार भइहेको छ ।

त्यसैगरी, तेजाबी सुनको मुल्य पनि वृद्धि भएको छ । तेजावी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँ कारोबार भईरहेको महासंघले बताएको छ । यता, चाँदीको मुल्य पाँच रुपैयाँले घटेको छ । चाँदी १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : 29 March, 2021

प्रतिक्रिया दिनुहोस्