जावा बाइक: कुन मोडलको मूल्य कति ?
सहयात्रा टिभी
काठमाडौं । चैत्र १८, छोटो समयमै नेपाली बजारमा जावा बाइकले राम्रो स्थान पाएको छ भने नयाँ ढाँचाको बनावटमा रहेको जावाका बाइकहरू हेर्दै क्लासिक देखिन्छन्।

नेपालका लागि जावाको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंक प्रालीका अनुसार जावाले नेपाली बजारमा राम्रो ‘पिक(अप’ लिएको छ।
जावाको सबैभन्दा सस्तो बाइक जावा–४२ को सिंगल च्यानल एबिएस हो। ३०० सिसी इन्जिन क्षमता भएको यो बाइकको सबैभन्दा कम मूल्य नै ६ लाख २० हजार छ। त्यस्तैगरी हालै सार्वजनिक जावा पेराक अहिलेसम्मको सबैभन्दा महंगो जावाको मोडल हो। ३३४ सिसी इन्जिन क्षमता भएको जावा पेराकको नेपाली बजार मूल्य ७ लाख ५० हजार तोकिएको बताईएको छ।
