बलिउडमा घरेलु हिंसा भोग्ने यी अभिनेत्रीहरु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
मुम्बई । चैत्र १९, बलिउडमा महिला केन्द्रीत फिल्म बन्ने संख्या निकै रहेको छ । सोहि बलिउडमै महिला माथि हुने हिंसाको खबर पनि सुन्नमा आइरहन्छ । बलिउडमा हजारौँ अभिनेत्रीहरु आफ्नो पति वा प्रेमीद्धारा पीडित बनेको पाईएको छ ।
बलिउडकी प्रख्यात अभिनेत्री कंगना रनावत करियरको सुरुवात सँगै अभिनेता आदित्य पञ्चोलीका साथ लिभ इन रिलेसनमा रहेकी थिइन् । उनले भनेकी छन्, ‘म मुम्बईमा नयाँ थिए । अठार वर्षको पनि थिइन् । एक होस्टलमा बस्थें । तब आदित्यले मलाई एक फ्ल्याट दिएका थिए । तर उनले त्यहाँ मलाई घरेलु बन्दी बनाएका थिए । मैले यो विषयमा उनकी पत्नीसँग कुरा गरें, तर उनले मेरो मद्दत गर्न अस्वीकार गरिन् । म निकै अप्ठ्यारो अवस्थामा कुदेर घर बाहिर निस्कएँ । त्यसपछि मलाई अनुराग बासु र उनकी श्रीमतिले सहयोग गरिन् । अनुरागले मलाई १५ दिनसम्म उनको अफिसमा लुकाएर राखे’।
त्यसैगरी, पूर्व मोडल तथा सन् १९९९ की ‘मिस वल्र्ड’ अभिनेत्री युक्ता मुखीले ठुला व्यापारी प्रिन्स तुलीसँग सन् २००८ मा विवाह बन्धन्मा बाधिँएकी थिईन् भने सन् २०१३ मा प्रिन्सविरुद्ध दाइजो प्रथा उत्पीडनका मामलामा मुद्धा दर्ता गराइन् । प्रिन्सले पनि युक्तामाथि मानसिक तथा शारीरिक गरेका रहेछन् । त्यसैले दुवैको सन् २०१४ मा सम्बन्धविच्छेद भयो ।